श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्ट आईतवार विहान देखि गृह जिल्ला गुल्मीका विभिन्न कार्याक्रममा सहभागि भएका छन । शनिवार साँझ सदरमुकाम तम्घास आई पुगेको मन्त्री विष्ट आईतवार विहानै गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गा यज्ञशालाको दर्शन गर्न पु्गे । दर्शन गरे लगत्तै मन्त्री विष्ट स्थानिय पु्र्वधार विकास साँझेदारी कार्यक्रम परामर्श समितिको बैठकमा सहभागि भए ।
त्यस पछि यज्ञशालाको भान्छामा तयारी भएको साकाहारी भोजन खुवाउन सुरु गरियो । मन्त्री बिष्ट र नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश सांसद दिनेश पन्थी संगै बसेर भोजन गर्न थाले । भोजन पछि सहयोगीहरुले थाल मागेर धुन खोजिरहेको बेला मन्त्री बिष्ट र सांसद पन्थीले अरुलाई थाल माझ्न दिन चाहेनन ।
मन्त्री विष्ट आफैले खान खाएको थाल बोकेर धारा तर्फ माझ्न पुगे र थाल मान्छेलाई बुझाए । मन्त्रीले नै थाल माझे पछि अन्ततः मन्त्री संगै पुगेका जिल्ला समन्व्य समितिका प्रमुख लक्ष्मण बिष्ट , रेसुङ्गा नगरपालिका र मृृुसिकोट नगरपालिकाका मेयर क्रमशः डिल्लीराज भुसाल , सोमनाथ सापकोटा लगायतका जनप्रतिनिधीहरु पनि आफुले खान खाएको थाल आफै माझ्न बाध्य भए ।
त्यहाँबाट सदरमुकाममा फकेर मन्त्री विष्ट स्थानिय जनप्रतिनिधीहरु संग विकास निर्माणबारे अन्तरकृयामा सहभागि भएका छन । त्यस पछि उनी निर्वाचन क्षेत्र नम्वर २ का विभिन्न स्थानका कार्यक्रममा सहभागि हुने र तीन दिनको बसाई गृह जिल्लामा हुने मन्त्री बिष्टका स्वकिय सचिव गणेश श्रीपालीले जानकारी दिए ।
रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेश भुसालका अनुसार मन्त्री बिष्टले रेसुङ्गा धार्मिक क्षेत्रको विकासका लागि गुरु योजना अनुसार काम गर्न सुझाव दिदै आफ्ुले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन । उनले त्यहाँको जिर्ण शिद्धको मन्दिर निर्माणका लागि पनि आफुले सहयोग गर्ने बताएका छन ।
प्रतिक्रिया