एकाविहानै बेवारिसे अबस्थामा तीन शव फेला

६ बर्ष अगाडि

शनिवार विहान गुल्मीमा  एक महिला र दुई बालक सहित तीन जनाको शव फेला परेको छ ।

बेवारिसे अबस्थामा ३ वटा शब फेला परेका छन् । शनिवार  जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षिय महिला  र अन्दाजी ७ र ८ वर्षका  दुई बालकको बेवारिसे शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख एसपी  राजेन्द्रसिंह खड्काले  जानकारी दिए ।

कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अबस्थामा महिलाको शब र सोहि स्थानबाट १ मिटर पर २ वटा बालकको शब फेला परेको  प्रहरी प्रम्ुख खड्काले बताए । पशबलाई पोष्टमार्टम लगायत घटनको स्थलगत अध्ययनको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी निरिक्षक सहितको टोली पठाइएको  जनाईएको छ  ।

६ बर्ष अगाडि

प्रतिक्रिया