नेकपाको बैठक अपरान्ह पाँच बजेसम्मका लागि स्थगित

७ बर्ष अगाडि

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बालुवाटारमा बसेको पार्टी केन्द्रिय सचिबालय बैठक अपरान्ह पाँच बजेसम्मका लागि स्थगित गरिएको छ । 
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको नियमावली परिमार्जनका लागि गठित कार्य दलले तयार पारेको प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरेपछि अपरान्ह पाँच बजेसम्मका लागि बैठक स्थगित गरिएको हो । नियमावलीलाई टुंगोमा पु¥याउन अपरान्ह पाँच बजे पुनः बैठक बस्ने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । बैठकले भोली बिहानसम्म नियमावलीलाई टुंगो लगाइ सक्ने र पार्टी जनवर्गीय संगठनहरुको एकीकरण प्रक्रियालाई तीव्रता दिने निर्णय पनि गरेको छ ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया