नेटवर्किङका नाममा ठगी गर्ने पक्राउ

६ बर्ष अगाडि

नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । 

आरोपितहरुले ओरेञ्ज ग्लोबल मार्केटिङ प्राली नामक बहुर्राष्ट्रिय कम्पनीमार्फत नेटवर्किङको नाममा गरेका हुन् ।

पक्राउ पर्ने हरुमा मध्यगुलरिया नगरपालिका–४ बस्ने विवक थारु, सोही नपाको वडा नं ५ का हिमाल भन्ने प्रजय चौधरी, बारबर्दिया नपा–७ का दीपक चौधरी र राजापुर नपा–३ की आशा थारु रहेका छन् ।

आफूहरु ठगिएको भन्दै स्थानीय पाँच जनाले संयुक्तरुपमा दर्खास्त दिएका आधारमा आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

प्रहरीले पक्राउ गरेका चारै जनाविरुद्ध ठगी मुद्दामा जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया