डोटीमा बस दुर्घटनाहुदाँ एकको मृत्यु ३६ घाइते हुदाँ एकको मृत्यु ३६ घाइते

६ बर्ष अगाडि

कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराको मार्तडी आउँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । डोटीको शिखर नगरपालिका–१ भागेश्वर मन्दिर नजिक गेरुपानी भन्ने ठाउँमा महाकाली यातायातको ना ७ ख ६१८१ नम्बरकोे बस आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

 मृत्यु हुनेमा बाजुरा बूढीगङ्गा नगरपालिका–६ बाह्रबिसका ५१ वर्षीय नयाँ सेराला रहेका छन् भने ३६ जना घाइते भएका छन् ।     
     
घाइते सबैको अहिले शैलेश्वरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिएका छन् ।

आज बिहान ५ बजे दुर्घटना भएको बस सडकबाट करीब ५० मिटर तल खसेको बताइएको छ ।     
   
 

६ बर्ष अगाडि

प्रतिक्रिया