महराको बयान सकियो

६ बर्ष अगाडि

संसद् सचिवालयमा काम गर्ने एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा आगामी आइतवारसम्म प्रहरी हिरासतमै रहने भएका छन् ।

काठमाडौं जिल्ला अदालतमा शुक्रवार महराको बयान सकिन समय लागेपछि थुनछेक बहस हुन सकेन ।

जिल्ला सरकारी वकिलको कार्यालयले जबरजस्तीकरणी उद्योगमा महराविरुद्ध बिहीवार मुद्दा दर्ता गरेपछि बयानका लागि शुक्रवार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो ।

शुक्रवार नै महराको बयान सकेर थुनछेक बहस हुने भनिएपनि बयान सकिँदा कार्यालय समय सकिएकाले आइतवार मात्र बहस हुने भएको हो ।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेसमक्ष महराले इन्कारी बयान दिएका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया