सुवास नेम्वाङको ६ करोड कुन कुन योजनामा ?

६ बर्ष अगाडि

संघीय संसद अन्तर्गत इलाम क्षेत्र नं. १ मा संसद् कोषको रकमबाट योजना बाँडफाँड गरिएको छ । 

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत रु ६ करोड बजेटबाट योजना बाँडफाँड गरिएको हो । 

सो क्षेत्र सांसद तथा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ विजयी भएको क्षेत्र हो । 

रु ५ करोडमध्ये इलाम नगरपालिकामा रु एक करोड ५० लाख बराबरका तीन योजनामा रकम विनियोजन गरिएको छ । 

नगरपालिकामा सेतीदेवी मार्ग फटुक सडक स्तरोन्नति गर्न वडा नं–६ का लागि रु ७० लाख, भगवती मावि सडक कालोपत्र रु ५० लाख, चुम्लुङहीम सामुदायिक भवन निर्माणका लागि रु ३० लाख विनियोजन गरिएको छ । 
    
यसैगरी देउमाई नगरपालिकामा रु एक करोड २५ लाख बराबरका छ योजनामा बजेट विनियोजन गरिएको छ ।

वडा नं ८ को सामुदायिक भवनलाई रु ५० लाख, ठूलो चौरी रानाचोक फुटुक ओजेले सडकमा रु ३० लाख, बाघखोर चमैता फलाँटे सडकमा रु २५ लाख, पालसेङ डुप्लिलिङ गुम्बा निर्माणमा रु २० लाख र सिद्धिथुम्का नाम्थला फूलबारी हाङवाङ सडकमा रु १० लाख विनियोजन गरिएको छ ।  

माई नगरपालिकाको लालखोलादेखि मोटरबाटो स्तरोन्नतिका लागि रु ४५ लाख विनियोजन गरिएको छ ।

यसरी नै चुलाचुली गाउँपालिकामा रु ९० लाख बराबरका पाँच योजना छनोट गरिएका छन् ।

 आसेटार फुङनाम दशमी सडक स्तरोन्नतिमा रु ५० लाख, रतुवा झोलुङ्गे पुलदेखि रङ्गशालासम्म ग्राभेल गर्नका लागि रु १० लाख, देउराली चपेटे कृषि मार्ग स्तरोन्नति रु १० लाख, चाँजो खोला एकलव्य चोकहुँदै मङ्गलसिद्धिसम्म ग्राभेल गर्नका लागि रु १० लाख विनियोजन गरिएको छ ।     
     
फाकफोकथुमका पाँच योजनाका लागि रु एक करोड विनियोजन गरिएको छ ।

सोमा पाथीभर रङ्गशाला निर्माणका लागि रु ५० लाख, लुम्दे जालपा कैदले थावाखोला सिंहदेवी फूएतप्पा सडक स्तरोन्नतिका लागि रु १५ लाख, ज्योति आधारभूत विद्यालय खेलमैदानका लागि रु १५ लाख, दोकानडाँडा सिकलाप्पा कोलबोटे सल्लेरी सडकका लागि रु १० लाख र धाम सिमसार पर्यटन प्रवद्र्धन तथा संरक्षण कार्यक्रमका लागि रु १० लाख विनियोजन गरिएको छ । यस्तै माङसेबुङ गाउँपालिकाका पाँच योजनामा रु ९० लाख विनियोजन गरिएको छ ।     
 

६ बर्ष अगाडि

प्रतिक्रिया