महराले आफूले शिक्षक छँदा विद्यार्थीलाई समेत एक लबेटा नलगाएको भन्दै आफूले कसैलाई कुटपीट गर्नै नसक्नै जिकिर गरेका छन् ।
१२ वर्षसम्म पढाएँ । विद्यार्थीलाई समेत कहिल्यै पिटिनँ । सर, यसो गर्दा त विद्यार्थीले कहाँ टेर्छन् र भन्थे,ु महराको बयान उद्धृत गर्दै स्रोतले भन्यो ।
आरोप लगाइए जस्तैगरी यदि आफू त्यहाँ गएको र गलत नियत राखेर कुटपीट गरेको भए संवेदनशील अंगहरूमा घाउचोट लाग्नुपर्ने जिकिर पेश गर्दै महराले आफूले त रोशनीको हातखुट्टामा मात्र चोट रहेको भन्ने सुनेको बताएका छन् ।
महराले पार्टीभित्र पनि आफू भलाद्मी र समन्वयकारी छवीको नेताका रूपमा चिनिने कुरा उल्लेख गरेका छन् ।
पार्टीभित्र पनि मलाई भलाद्मी र समन्वयकारी नेताको रूपमा चिनिन्थ्यो, कसले खै किन मलाई फसाउन खोज्यो थाहा भएन,ु महराले बयानमा भनेका छन् ।
प्रतिक्रिया