भारतबाट ६० लाखको गाडी चढेर नेपाल आउने र धनाड्यहरुको घरमा चोरी गर्ने व्यक्ति झापामा पक्राउ परेका छन् ।
नेपाल आउँदा भन्सार तिरेर ६० लाखको महिन्द्रा गाडी चढेर आउने र नेपालमा चोरी गर्ने भारतीय नागरिक ४३ वर्षिय रघुबर प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतको सिलगडीका साह जिल्ला झापा, सुनसरी र मोरङका विभिन्न स्थानमा चोरीमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी दिनेश मैनालीले जानकारी दिए ।
प्रहरीका अनुसार उनी भारतबाट नेपाल आउदा भन्सार तिरेर ६० लाखको महिन्द्रा गाडी चढेर आउने गरेको समेत भेटिएको छ ।
‘महंगो गाडी चढेर नेपाल आउने, धनाढ्यहरुको घर रेकी गर्ने र कोही नभएको मौका पारी चोर्ने गरेको भेटिएको छ’ इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख डीएसपी मोहन थापाले भने, ‘साहले चोरी गरेकै रकमबाट ६० लाख पर्ने गाडी चढेको समेत अनुसन्धानबाट खुलेको छ ।’
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडको सयुक्त प्रहरी टोलीले सिसिक्यामेराको फुटेजका आधारमा विर्तामोडस्थित एक लजबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कार्तिक १२ गते पक्राउ परेका उनलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया