बाणिज्य बैंकको ऋणकाे ब्याज सबैभन्दा सस्तो

६ बर्ष अगाडि

राष्ट्रिय वाणिज्य बैंकले अन्य बैंकले भन्दा सस्तोमा ऋण दिने भएको छ । 

बैंकले आजदेखि लागू हुने गरी सार्वजनिक गरेको ब्याजदर अनुसार कर्जामा अन्य बाणिज्य बैंकको भन्दा सस्तो ब्याजदर रहेको छ । 

बैंकले घर कर्जा ९ देखि ११.५ प्रतिशत, गाडी कर्जा ९.६० देखि १०.६० प्रतिशत र विद्युतीय गाडी खरिदको लागि ८.६० प्रतिशत ब्याजदर तोकेको छ । 

बैंकका अनुसार सेयर धितो राखेर १० देखि १२ प्रतिशतसम्म, औद्योगिक व्यापारिक, हाउजिङ रियरलस्टेट कर्जा  ९ देखि ११ प्रतिशतसम्म ब्याजदरमा उपलब्ध गराउने छ । 

सरकारी धितो सुरक्षण राखेर दिने कर्जामा ९.६० प्रतिशत ब्याजदर तोकेको बैंकले व्यक्तिगत कर्जा (पीजी लोन) ११ प्रतिशतदेखि १२ प्रतिशतसम्म र सुन धितो कर्जाको ब्याज १२ प्रतिशत ब्याज तोकेको छ । 

त्यस्तै विपन्न वर्गका लागि व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ८.६० प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने छ ।  

सहुलियतपूर्ण कर्जा भनेर ८.६० प्रतिशत ब्याजदर तोकेको राष्ट्रिय वाणिज्य बैंकको आयात कर्जाको ब्याज ८.६० प्रतिशत रहेको छ । 

बैंकले सबैभन्दा सस्तो ब्याजदरमा निर्यातकर्जा दिने जनाएको छ । निर्यात कर्जाको ब्याजदर ७ प्रतिशत छ । 

असोज महिनाको आधारदर (बेसरेट) ६.६० प्रतिशत लाई आधार मानेर यो ब्याजदर तोकेको बैंकले जनाएको छ ।  

६ बर्ष अगाडि

प्रतिक्रिया