जनता बैंक र सनराइज बैंकले मुद्धती निक्षेपमा बराबर ब्याजदर दिने भएका छन् ।
ती बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्धती निक्षेपको ब्याजदर समान रहेको हो ।
नयाँ ब्याजदर अनुसार ती बैंकले मुद्धती निक्षेपमा व्यक्तिगततर्फ ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज दिने भएका छन् ।
जनता र सनराइजले सार्वजनिक गरेको बचत तथा कर्जाको ब्याजदर भने फरक रहेको छ ।
बचतमा जनता बैंकले ६.५० प्रतिशत र सनराइज बैंकले ६ प्रतिशत ब्याज दिने जनाएका छन् ।
कर्जामा जनता बैंकको ब्याज १६.१३ प्रतिशतसम्म रहेको छ भने सनराइज बैंकबाट कर्जा लिँदा सबैभन्दा बढी १५.९७ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ ।
जनताले असोज मसान्तसम्मको आधार दर १०.१३ प्रतिशत लाई आधार मानेर शैक्षिक धितो कर्जा, अटो लोन, हाउजिङ लोन, टर्म लोन र सेयर धितो कर्जाको लागि ब्याजदर तोकेको हो । ती ऋण लिँदा बैंकमा १६.१३ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।
सनराइजको भने असोज मसान्तसम्मको आधारदर ९.९७ प्रतिशत रहेकोले कर्जा लिँदा १५.९७ प्रतिशतसम्म ब्याज लाग्ने छ । उक्त बैंकले घर कर्जा, शैक्षिक धितोकर्जा, कृषि कर्जा, रियल स्टेट र सुन धितो राखेर कर्जा दिने गर्दछ ।
प्रतिक्रिया