नबिल बैंकको ब्याजदर : बचतमा ५.७५, कर्जामा १४.४४

६ बर्ष अगाडि

नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । 

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचतमा ५.७५ प्रतिशतका दरले ब्याज दिने छ । 

बैंकको मुद्धती निक्षेपमा व्यक्तिगत र संस्थागत निक्षेपको फरक फरक  ब्याजदर सार्वजनिक गरेको छ ।

मुद्धती निक्षेपमा व्यक्तिगततर्फ ९.२५ र  संस्थागततर्फ  ८।५० प्रतिशत ब्याज रहेको बैंकले जनाएको छ । 

नबिलले विभिन्न कर्जाको लागि पनि ब्याजदर सार्वजनिक गरेको छ ।

असोज मसान्तसम्मको आधारदर ७.९४ प्रतिशत रहेको जनाउँदै सोही आधारदरमा सम्बन्धित रहेर कर्जाको ब्याज तोकेको हो । 

बैंकले सार्वजनिक गरेको विवरण अनुसार शैक्षिक धितोकर्जाको १२.९४, गाडी खरिद (अटो लोन) को  १२.९४, विद्युतीय सवारी साधन खरिदका लागि ११.४४, हाउजिङ लोनमा १२.४४ प्रतिशत ब्याज तोकेको छ । 

बैंकबाट अन्य प्रकारका कर्जा लिँदा भने १४.४४ प्रतिशतसम्म ब्याज लाग्ने जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया