सामुदायिक लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको लाभांस घटाउने भएको छ ।
राष्ट्रबैंकले लाभांशदर घटाउन निर्देशन दिएपछि लघुवित्तले २.५८ प्रतिशत लाभांघ घटाएर वितरण गर्ने भएको हो ।
सामुदायिकले यसअघि ३६.२६ प्रतिशत लाभांश दिने घोषणा गरेकोमा राष्ट्रबैंकको निर्देशनपछि घटाएर ३३.६८ प्रतिशत लाभांश दिने जनाएको छ ।
यसमा ३२ प्रतिशत बोनस सेयर र कर तिर्न १.६८ प्रतिशत नगद समावेश हुने छ ।
यस्तै, कम्पनीले बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीबाट ५० प्रतिशत हकप्रद पनि ल्याउने छ ।
बोनस र हकप्रद राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।
प्रतिक्रिया