काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु

६ बर्ष अगाडि

काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार आमा ह्योल्मो यातायातको बस सिन्धुपाल्चोकबाट काठमाडौं आउँदा गरेको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा परेको हो ।

तीनजनाको घटनास्थलमै मृत्यु भएको र घाइते सबैको उद्धार गरिएको छ ।

ओरालोमा चिप्लिएर बस दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया