पाँच चिनियाँ र एक फ्रान्सेलीसहित ९ जनाको बयान उच्च अदालत पाटनमा सुरु भएको छ ।
उनिहरुले बैंकको सिस्टम ह्याक गरी एटिएमबाट करौडौँ रुपैयाँ निकालेको अभियोगमा पक्राउ परेका हुन ।
उनिहरुले एक करोड ८७ लाख ९६ हजार पाँच सय रुपैयाँ विभिन्न एटिएम बुथको प्रयोग गरि निकालेको अभियोग छ ।
ह्याकरलाई रकम साट्न सहयोग गरेको आरोपमा २ नेपाली पनि प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो ।
बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ। थुनछेक बहसपछि न्यायाधिशले पुर्पक्षमा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश गर्नेछन्।
प्रतिक्रिया