महराले रगत दिन मानेनन्

६ बर्ष अगाडि

जबरजस्ती करणीको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अनुसन्धानमा असहयोग गरेका छन् ।

अपराधको पुष्टि गर्नका लागी डिएनए परिक्षणका लागी उनले रगल दिन अस्विकार गरेका हुन ।

रगत दिन नमानेपछि उनको डीएनए परीक्षण हुन सकेन ।  आरोपको पुष्टाई गर्ने क्रममा प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले डीएनए परीक्षण गर्ने तयारी गरेको थियो ।
अपराध स्थलबाट बरामत भएको चस्मा, जुत्ताको  तलुवालगायतका सामग्री महराको हो वा होइन भन्ने प्रमाणित गर्न डीएनए जाँच गर्ने तयारी प्रहरीले गरेको थियो ।
जिल्ला अदालत, काठमाडौंले  ७ कात्तिकमा रगत दिन महरालाई आदेश दिएको थियो ।\

न्यायाधीश सुदर्शनराज पाण्डेको आदेशले ७ दिन म्याद थप गर्दै रगत दिन आदेश दिएको थियो । डीएनए परीक्षणविना आरोपबारे अनुसन्धान गर्न नसकिने अनुसन्धान अधिकृतको दाबी थियो ।

तर, अदालतको आदेश पनि महराले टेरेनन् । 

प्रहरीले घटनास्थलबाट बरामद गरेको मदिराको बोतल, चस्मा, जुत्ताको तलुवालगायतको फिंगर प्रिन्ट निकालेर परीक्षण गराएको छ । बरामद फिंगर प्रिन्टलाई फरेन्सिक जाँचमार्फत महराको फिंगर प्रिन्टसँग जुधाइएको थियो । तर, त्यसको नतिजाबारे हालसम्म सार्वजनिक गरिएको छैन ।

६ बर्ष अगाडि

प्रतिक्रिया