प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे  ग्राण्डी अस्पतालले पत्रकार सम्मेलन गर्दै

६ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे ग्राण्डी अस्पतालले अहिले केहीबेरमा पत्रकार सम्मेलन जानकारी गराउने भएको छ । 

बुधबार बिहान नियमित स्वास्थ्य परीक्षण गर्न काठमाडौको ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीको बुधबारबाटै स्वास्थ्य परीक्षण थालिएको थियो ।

तर, प्रधानमन्त्रीलाई के भएको हो र कस्तो उपचार भइरहेको छ भन्ने स्पस्ट पारिएको छैन । जसले गर्दा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अन्यौल उत्पन्न भएको छ ।  

बुधबार बेलुका अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यअवस्था सामान्य रहेको भन्दै आज बिहीबार सम्ममा डिस्चार्ज गर्ने जनाएको थियो । 

प्रधानमन्त्री ओलीको सचिवालयले समेत यसबारे यथार्थ खुलाएको छैन । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया