संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका कृष्णबहादुर महरा विरुद्ध मुद्दा दर्ता गर्ने तयारी भएको छ ।
सरकारी वकिलको कार्यालय स्रोतका अनुसार, अहिले केही बेरमै मुद्दा दर्ता गर्ने गरी अभियोग पत्र तयार भइरहेको छ । महरा विरुद्ध मुलुकी अपराध संहिताको दफा–२१९ अन्तर्गत जर्बजस्ती करणी उद्योगको अभियोगमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ ।
प्रतिक्रिया