देउसी खेल्न बोलाएर बलात्कार

६ बर्ष अगाडि

गाँउकै स्कुलबाट १२ कक्षा सकेपछि उनी थप अध्ययनका लागी ५ महिनाअघि काठमाण्डौं आइन् । दिदिबहिनी मिलेर राम्रो क्याम्पस खोज्दै थिए । समय खाली थियो,जतिसक्दो धेरै उपयोगी बनाउन चाहन्थे,त्यसैले उनीहरु हप्तैपिच्छे हाइकिङ जान्थे । त्यही क्रममा गत असार पहिलो साता इन्द्रहाङ राईसँग उनको चिनजान भयो ।

दिदिको सँगै पढ्ने साथी भएकाले उनी दाइ भनेरै सम्बोधन गर्थिन् । सम्बन्ध दाजुबहिनीकै जस्तै चुलिएको थियो । अहिले पनि उसैले बहिनीलाई यो हिंसा गर्यो भनेर विश्वास गर्नै कठिन भइरहेको छ,उनकी दिदिले भनिन् ।

भाइटिकाको अघिल्लो दिन उनी कोठामा एक्लै थिएन् । अप्ठ्यारो–सप्ठ्यारोमा भरथेर गर्ने राईलाई यो थाहा नहुने कुरै भएन् । इन्द्रहाङ विद्यार्थी नेता पनि हुन् । कसैको समस्यामा उनी सहयोग गर्न अघि सर्थे । अझ राईसँग बहिनीले काठमाण्डौं दिक्क मन्न सक्छे सरसहयोग गरिदिनू भनेर दिदि काठमाण्डौं बाहिर गएकी थिइन् । दिउँसो उनलाई राईले फोन गरे । ३ बजे देउसीभैलो सुरु हुन्छ,खेल्न आउनू भने ।

उनी जोरपाटीसम्म गाडी चढेर गइन् । राई उनलाई लिन त्यहीँ पुगे । मोटरसाइकलमा हालेर माकलबारीमा रहेको एउटा घरमा पुर्याए ,जहाँ उनका आफन्त डेरा गरेर बस्छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया