सातवटा वडामा उपनिर्वाचन

६ बर्ष अगाडि

सुदूरपश्चिम प्रदेशमा रिक्त्त स्थानीय तहका सातवटा वडामा आगामी मंसिर १४ गते उपनिर्वाचन हुने भएको छ । प्रदेशका पाँच जिल्लाका सातजना वडाध्यक्षको मृत्यृ भएपछि सो ठाँउमा उपनिर्वाचन हुन लागेको हो । बैतडीमा तीन,अछाम,डोटी,कञ्चनपुर र बाजुरामा एक।एक वडामा उपनिर्वाचन हुने भएको हो । ती वडाका वडाध्यक्षको पद रिक्त रहेकाले उपनिवर्नचन हुने भएको हो,जिल्ला निर्वाचन कार्यालय कैलालीका निर्वाचन अधिकारी प्रेमराज भटले भने,निर्वाचनको तयारी सबै जिल्लामा भइरहेको छ ।

बैतडीको पुर्चौडी नगरपालिका– ४ सुर्नय गाँउपालिका– १ र दोगडा केदार गाँउपालिका –४,कञ्चनपुरको पुनर्बास नगरपालिका ३ अछामको मेल्लेख गाँउपालिका– ५,बाजुराको त्रिवेणी नगरपालिका –१ र डोटीको आदर्श गाँउपालिका– २  मा उपनिर्वाचन हुने भएको छ ।

पुर्चौडी –४ का अध्यक्ष गौतमप्रसाद भट,सुर्नय– १ का अध्यक्ष कलशबहादुर चन्द र दोगडा केदार –४ का अध्यक्ष मानबहादुर विष्टको मृत्यृ भएको थियो । त्यस्तै आर्दश– २ का अध्यक्ष पदमसिंह बोहराको जिप दुघटनाम मृत्यृ भएको थियो भने मेल्लेख– ५ का अध्यक्ष रामबहादुर बोहरा र त्रिवेणी –१ का अध्यक्ष खम्म दमाईको पनि मृत्यृ भएकाले उपनिवर्नचन हुने भएको हो । 

६ बर्ष अगाडि

प्रतिक्रिया