सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गरेको छ ।
समाजिक सुरक्षाकोषले बिहिबार एक सुचना प्रकासित गर्दै सुचिकरणका हुनका लागी समयावधि थप गरेको हो ।
कोषले ठुलो सँख्यामा रोजगारदाता तथा योगदानकर्ताको सुचिकरण हुन बाकी रहेको पनि बताएको छ ।
सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग(प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुने मौका दिएको थियो ।
सुचिकरणका लागि दिईएको असोज महिनामा चाडपर्व पर्न गई लामो सार्वजनिक विदा पर्न गएकोले रोजगारदाता तथा योगदानकर्ता प्रभावित भएकाले समय थप गर्न लागिएको कोषले जनाएको छ ।
हालसम्म कोषमा सूचीकृत भएका रोजगारदाताको संख्या ८ हजार ८ सय १८ तथा योगदानकर्ताको संख्या १ लाख ९ सय ६८ पुगेको छ । जसबाट ७ करोड ६५ लाख भन्दा बढी योगदान रकम संकलन भइसकेको छ ।
प्रतिक्रिया