प्रधानमन्त्री केपि ओलीले अस्पतालको बेडबाट आफू चाडै नियमित काममा फर्कने बताएका छन् ।
‘म चाडै काममा फर्कन्छु’, बिहीबार बिहान चिकित्सकहरुको टोलीसँगै भेट्न पुगेका प्रधानमन्त्रीका प्रेश सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था समान्य छ । बिहीबार बिहान चिकित्सकहरुको टोलीसँग मैले पनि गएर भेटे । राम्रोसँग कुरा गर्नुभयो । उहाँले आफु चाडै काममा फर्कने आत्मविश्वास देखाउनुभयो ।’
प्रधानमन्त्री ओलीलाई बुधबार अस्पताल भर्ना गरिएपछि उपप्रधान तथा तथा रक्षामन्त्री ईश्वर पोखरेल प्रधानमनत्री ओलीललाई भेट्न अस्पताल पुगेका थिए ।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको बिहीबार दोस्रोपटक एन्टिबडी क्लिन गरेर केही घण्टाको आरामपछि डिस्चार्ज गर्ने तयारी भएको छ ।
प्रतिक्रिया