प्रधानमन्त्री ओलीकाे अस्पतालमै राखेर उपचार गरिने

६ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको फोक्सो र पिसावमा समस्या देखिएको छ।

ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्रीको फोक्सोमा पानी जमेको र पिसाव फेर्न समस्या देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन् । 
चिकित्सकको सल्लाह अनुसार प्रधानमन्त्रीको अस्पतालमै राखेर उपचार गराइने पनि उनले बताए । 

बिहान नियमित स्वास्थ्य जाँचका लागि ग्राण्डी अस्पताल लगिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो ।  

अस्पतालले प्रधानमन्त्रीलाई आइसीयुमा राखेर विभिन्न परीक्षण गरेको जनाएको छ । 

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई पछिल्लो पटक विभिन्न समस्याहरु देखिने गरेका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया