नेपाली काँग्रेस नुवाकाेटका एकजना युवा नेता बलात्कार अभियाेगमा पक्राउ परेका छन् ।
नुवाकोट ओखरपौवाका ज्ञानेन्द्र गजुरेल एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको अभियाेगमा काठमाडाैंकाे नयाँबसपार्कबाट पक्राउ परेका हुन् ।
गजुरेल नयाँ बसपार्कबाट कात्तिक ३ गते नै जबरजस्ती करणीको आरोपमा पक्राउ परेकाे महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राइले बताए ।
गजुरेलमाथि थप अनुसन्धान भइरहेको पनि राईले जानकारी दिए ।
उनलाई नेपाली काँग्रेस नुवाकोटका सभापति जनदीश्वरनरसिंह केसीले गत मंसिरमा आमन्त्रित सदस्यमा मनोनित गरेका थिए ।
त्यतिबेला केसीले गजुरेलसहित ८७ जनालाई आमन्त्रित सदस्यमा मनोनयन गरेका थिए ।
प्रतिक्रिया