अर्थमन्त्रीले भने 'यो हामीले गरेको कडा मिहिनेतको प्रतिफल हो'

६ बर्ष अगाडि

अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व बैङ्कको प्रतिवेदन अनुसा नेपाल १६ स्थानमाथि उक्लनु आफ्नै मिहिनेतको प्रतिफल भएको बताएका छन् । 

विश्व बैंकको प्रतिवेदन अनुसार डुइङ बिजनेसमा १९० देशमध्ये नेपाल ९४ स्थानमा पर्नु आफूले सोँचेअनुसारको सफलता भएको बताएका हुन् । 

‘यो हामीले गरेको कडा मिहिनेतको प्रतिफल हो र यसले नेपाललाई खुसी बनाएको छ’ उनले भने । 

आफूहरुले बजेटपछि धेरै सुधार गरेको र  कानुनहरुलाई सोहीअनुसार परिमार्जन गरेको कारण यस्तो सफलता मिलेको उनले बताए । 

‘गत वर्ष पनि व्यापार सुधार गरेका थियौँ तर मेहनेत गर्दागर्दै पनि नतिजा उल्टो आयो,’ उनले भने ‘यस वर्ष सोचेअनुरूपको सफलता मिलेको छ ।’ 

प्रतिवेदनमा स्थानीय तहका करमा केही समस्या देखिएको देखाएकोले अर्को वर्ष दुवै क्षेत्रमा व्यापक सुधार गर्ने अर्थमन्त्री खतिवडाले प्रतिबद्धता व्यक्त गरे । ‘नयाँ व्यवस्था भएकाले स्थानीय तहमा केही समस्या भएकै हो,’ उनले भने, ‘अर्को वर्ष ती सम्पूर्ण समस्या समाधान हुन्छ ।’

६ बर्ष अगाडि

प्रतिक्रिया