ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक लिमिटेडको मर्जर प्रकृया मंसिर २ गते टुंगीने भएको छ ।
सो दिन दुबै बैंकले आ–आफ्नो साधारणसभामा मर्जरको एजेण्डा पारित गरेर प्रकृया टुंग्याउने भएका हुन् ।
त्यसका लागि ग्लोबल आइएमई बैंकले १३ औं साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा र जनता बैंकले दशौं साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा गर्ने भएका छन् ।
दुबैको साधारण सभामा विशेष प्रस्तावका रुपमा मर्जर प्रक्रियालाई अन्तिम रुप दिने निर्णय हुनेछ ।
संयुक्त मर्जर समिति तथा दुवै बैंकको सञ्चालक समितिले ९१ः०.८५० सेयर स्वाप अनुपात निर्धारण गरेका छन् । जसअनुसार ग्लोब आइएमई बैंकको १०० कित्ताबराबर जनता बैंकको ८५ कित्ता हुनेछ । यही निर्णय साधारण सभाबाट पारित हुने छ ।
त्यसैगरी साधारणभाले दुवै बैंकले सभामा मर्जरपछि बन्ने बैंकको नाम ‘ग्लोबल आइएमई बैंक लिमिटेड’ र केन्द्रीय कार्यालय काठमाण्डौंको कमलादीमा रहने गरी स्वीकृति प्रदान गर्ने निर्णय गर्नेछन् ।
यी बैंकको मर्जरप्रक्रियालाई नेपाल राष्ट्र बैंकले असोज ८ गते नै सैद्धान्तिक स्वीकृति प्रदान गरिसकेको छ ।
ग्लोबल आइएमई बैंकको जारी पूँजी १ अर्ब रुपैयाँबाट बढाएर २५ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्तावसमेत सभाबाट पारित हुनेछ ।
दुवै बैंकको साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायता अन्य महत्वपूर्ण प्रतिवेदन पनि पारित गर्नेछ ।
प्रतिक्रिया