मुक्तिनाथ विकास बैंकले १८.५३ प्रतिशत लाभांश दिने

६ बर्ष अगाडि

मुक्तिनाथ विकास बैंकले १८.५३ प्रतिशत लाभांश दिने भएको छ।

बैंकले  १७.६० प्रतिशत बोनस र ०.९३ प्रतिशत नगद लाभांश गरी १८.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । 

हकप्रद शेयर धनीले समेत पाउने गरी लाभांश प्रस्ताव गरेको बैंकले जनाएको छ । 

बैंकले निष्कासनको क्रममा रहेको २० प्रतिशत हकप्रद शेयरधनीले समेत पाउनेगरी उक्त लाभांश प्रस्ताव गरेको हो।

गत वर्ष बैंकको लाभांश दर १९.२१ प्रतिशत रहेको थियो। बैंकको शेयर पुँजी तीन अर्व ६४ करोड रुपैयाँ रहेको छ। बैंकले गत वर्ष ८५ करोड रुपैयाँ आम्दानी गरेको थियो।

६ बर्ष अगाडि

प्रतिक्रिया