विदेशबाट फर्केर ‘फूल’खेती

६ बर्ष अगाडि

दाङको घोराही उपमहानगरपालिका–१४ झिगौरामा व्यावसायिक रुपमा सयपत्री फूलको व्यावसायिक रुपमा खेती गर्न थालिएको छ । अन्य स्थानमा पनि व्यावसायिक रुपमा नभए पनि फूलको खेती गर्न थालिएको छ । झिंग्रौरा निवासी लोकेन्द्र रोकामगरले व्यावसायिकरुपमा सयपत्री फूलखेती गरेका हुन् । शुरुका केही वर्ष तिहारको लागि मात्र उनले फूलखेती गरेका थिए।     
     
अहिले पछिल्लो समयमा आएर व्यावसायिकरुपमा नै अगाडि बढेको उनको भनाइ छ । उनले जलजला पुष्पखेती फार्म दर्ता गरेर सयपत्रीको व्यावसायिक रुपमा खेती शुरु गरेका छन्।

अहिले १२ कट्टा जग्गा भाँडामा लिएर खेती गरेका उनले वार्षिक रु ४८ हजार भाँडा तिर्ने गरेको बताए।आउँदो वर्ष १८ कट्टामा फूलखेती  गर्ने उनको भनाइ रहेको छ ।     

रोजगारीको सिलसिलामा सात वर्ष कतारमा विताएका रोकामगरले जिल्लामा दशैँतिहारलगायतका पर्व एवं अन्य शुभ कार्यका लागि फूलको माग देखे पछि फूलखेती गर्ने थालेको बताए।

दाङमा व्यावसायिकरुपमा फूलखेती कतै थिएन,काठमाडौँतिर फूलखेती पनि व्यावसायिकरुपमा गरेको देखेको थिए अनि यहाँ मैले गरेको हुँ,रोकाले भन्ने। अहिले उनले भारतको कोलकत्ताबाट अफ्रिकन मेरिगोल्ड जातको सयपत्री फूलको बीउ ल्याएर व्यावसायिक खेती गरेका छन्।     
     
घोराही बजार नजिकै फूलखेती गरे पछि आफूलाई बजारको लागि कुनै पनि समस्या नभएको रोकाले बताए । दैनिकजसो फूलको अडर आउने गरेको  छ,उत्पादन गरेको फूल कहाँ लिएर बिक्री गरौँ भन्ने समस्या छैन,रोकाले भन्ने। आफूले उत्पादन गरेको फूल जिल्लामा नै सकिने गरेको उनको भनाइ रहेको छ ।

जिल्लाका घोराही,तुलसीपुर,लमही,भालुवाङका शहरबाट समेत फूल लिन आउने गरेका छन् । काठमाडौँबाट फूलको माग भए पनि फूल पठाउन सकिएको छैन,रोकाले भन्ने । मागअनुसार जिल्लामा फूल उत्पादन हुन नसकेको उनको भनाइ छ । अहिले उनले एक वटा मालालाई रु १०० मा बिक्री गर्ने गरेको बताए ।     
     
पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले यस वर्षदेखि बाह्रै महीना फूल उत्पादन गर्ने बताए।     

गत वर्ष उनले गरेको फूलखेतीबाट रु एक लाख नाफा गर्न सफल भएको बताए । आफूसँगै परिवार तथा अन्य तीनजनालाई समेत रोजगार प्रदान गरेको उनको भनाइ छ ।     
  
 

६ बर्ष अगाडि

प्रतिक्रिया