भत्ता बढ्दा ज्येष्ठ नागरिक खुशी

६ बर्ष अगाडि

तनहुँको भीमाद नगरपालिका–९ कटनछापका ७५ वर्षीय गुमानसिं थापाले साउन अघि प्रतिमहीना रु दुई हजार भत्ता बुझथ्य । साउनदेखि भने थापाले प्रतिमहीना रु तीन हजारको दरले चार महीनाको एकमुष्ठ रु १२ हजार बुझे । सरकारले साउनदेखि सामाजिक सुरक्षाभत्तामा वृद्धि गरेसँगै थापालगायत ज्येष्ठ नागरिक खुशी भएका छन् ।

भत्ता बढ्यो भन्ने समाचारमा त सुनेका थियौँ, उनले खुशी हुँदै भन्ने,अहिले हातमै रकम पाए पछि पक्का भयो । सोही वडाको पाथर्दीटोलका ७६ वर्षीया बोमाया राना पनि रु १२ हजार भत्ता बुझ्दा प्रफुल्लित छिन् । यसअघि मासिक रु दुई हजारको दरले भत्ता बुझ्थेँ,अहिले बढेर रु तीन हजार पुगेछ,उनले भन्नि भत्ता वृद्धि भएसँगै दैनिक घरखर्च चलाउन सहज हुने भयो ।

वडा कार्यालयले गण्डकी विकास बैंक भीमाद शाखाको सहयोगमा वडा कार्यालयबाटै २३७ ज्येष्ठ नागरिकलाई तिहारको पूर्वसन्ध्यामा सामाजिक सुरक्षाभत्तावापतको रकम वितरण गरेको छ । वडाध्यक्ष इमान थापाले कूल लाभग्राही ३६७ मध्ये वडा कार्यालयमार्फत २३७ जनालाई भत्ता वितरण गरिएको जानकारी दिए।अन्य लाभग्राही वडाभन्दा बाहिर रहेकाले उनीहरुको रकम बैंकमै पठाइएको छ,उनले भने ।

सरकारले गएको जेठ १५ गते आव २०७६ । ७७ को बजेटमार्फत वृद्धभत्ता रु तीन हजार तथा एकल महिलाको भत्ता मासिक रु दुई हजार पुर्याएको छ । यसअघि वृद्धभत्ता मासिक रु दुई हजार र एकल महिलालाई रु एक हजार भत्ता दिइँदै आएको थियो । त्यस्तै अशक्त,अपाङ्गता भएका,लोपोन्मुख आदिवासी र जनजातिसमेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षाभत्ता पनि रु एक हजार बढाइएको छ ।     
  
 

६ बर्ष अगाडि

प्रतिक्रिया