१८ वर्षीया किशोरी वलात्कार आरोपमा पक्राउ परेका विद्यार्थी नेता बर्खास्त

६ बर्ष अगाडि

काठमाडौँ । अभियोगमा प्रहरी हिरासतमा रहेका नेकपा निकट अनेरास्ववियूका नेता तथा रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का स्ववियू सहसचिव इन्द्रहाङ राई बर्खास्तीमा परेका छन् । 
आरआर क्याम्पसका स्ववियू अध्यक्ष तपेन्द्र बहादुर शाहीले मंगलबार एक विज्ञप्ति जारी गर्दै राईलाई आजैको मितिदेखि कारबाही गरी स्ववियुका कुनै पनि गतिविधिमा संलग्न नगराइने निर्णय गरिएको जानकारी गराएका छन् । 
संगठनको फलामे अनुसानको प्रवाह नगरी यस किसिमको क्रियाकलापमा संलग्न हुने जो कोही भएपनि हदैसम्मको कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 


पीडित किशोरीको बयान र उजुरीका आधारमा राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार बिहान पक्राउ गरेको थियो । 

 

 

६ बर्ष अगाडि

प्रतिक्रिया