कृष्णप्रसाद हत्यामा संलग्न स्वयम् अदालतमा उपस्थित, आजै कारागार चलान

७ बर्ष अगाडि

काठमाडौँ-सर्वोच्च अदालतको आदेशको पालना गर्दै गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा दोषी ठहरिएका छविलाल पौडेल आज आफैँ अदालतमा उपस्थित भएका छन् । 

सर्वोच्च अदालतमा उपस्थित भएपछि अदालतले आजै पौडेललाई डिल्लीबजार कारागार चलान गरेको छ । द्वन्द्वकालमा चितवनको रत्रमा मामाघर जाने क्रममा २०६१ जेठ २४ गते कृष्णप्रसादको हत्या भएको थियो । हत्याको दोषी पौडेल ठहर भएका थिए । 

आफ्ना छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै आमा गंगामाया अधिकारी लामो समयदेखि पटकपटक आमरण अनशनमा बस्दै आउनुभएको छ भने बाबु नन्दप्रसाद अधिकारीले अनशनका क्रममा २०७१ असोज ६ मा मृत्यु भएको थियो । 

विसं २०७२ पुस ६ गते तत्कालीन पुनरावेदन अदालत हेटाँैडाले पौडेललाई धरौटीमा छाड्ने आदेश गरेको थियो भने सोही मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो । सर्वोच्च अदालतले २०७२ पुस ६ गते पौडेललाई दोषी ठहर गरी थुनामा राख्ने फैसला सुनाएको थियो । 

फैसला भएको तीन वर्षपछि ६८ वर्षीय पौडेल आज आफँै आत्मसर्मण गर्दै अदालतमा उपस्थित भएका हुन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया