उपत्यकामा एकैदिन ७११ सवारी ट्राफिक कारबाहीमा, २५ सावारी दुर्घटना

६ बर्ष अगाडि

काठमाडौं उपत्यकामा सोमबार  एकैदिन ७ सय ११ सवारी ट्राफीक कारबाहीमा परेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार सबैभन्दा बढी मादक पदार्थ (मापसे) गर्ने सवारी चालक कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीका अनुसार १ सय ४६ सवारी चालक मापसे कारबाहीमा परेका हुन्।

यस्तै जेब्राक्रसमाथि सवारी रोक्ने २, लेन मिच्‍ने ३, फुटपाथ पार्किङ गर्ने ३ सवारीलाई पनि कारबाही गरिएको छ।

ट्राफिक प्रहरीले अन्य ट्राफिक नियमको पालना नगर्ने ४ सय ५८ सवारी चालकलाई पनि कारबाही गरेको छ।

यस्तै सोमबार उपत्यकामा २५ सवारी दुर्घटना भए। ति दुर्घटनामा परी २५ जना घाइते भएकोमा २३ को अवस्था सामान्य छ भने २ जना गम्भीर घाइते भएका छन्।

६ बर्ष अगाडि

प्रतिक्रिया