उपकुलपति कोइरालालाई क्यानडा जान रोक लगाएकोमा काङ्ग्रेसको आपत्ति

७ बर्ष अगाडि

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालालाई क्यानडा भ्रमणमा जान रोक लगाएकोमा आपत्ति जनाएको छ । 
नेपाली काँगेसका सांसद बद्रीप्रसाद पाण्डेले सरकारले नेपाली टोलीको नेतृत्व गर्दै क्यानडामा आयोजित १७ औं संस्कृत सम्मेलनमा भाग लिन जान लागेका उपकुलपति कोइरालालाई शनिबार विमानस्थलमा पक्राउ गरी प्रधानमन्त्री निवास बालुवाटार पु¥याएकोमा आपत्ति जनाएका हुन् ।
शनिबार क्यानडा जान लागेका उपकूलपति कोइरालालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले प्रधानमन्त्रीले बोलाउनु भएको हवाला दिँदै बालुवाटार पु¥याएको थियो । 
राष्ट्रियसभाको आईतबार बसेको बैठकमा बोल्दै काँग्रेस सांसद पाण्डेले सो घटनाप्रति घोर निन्दा र भत्सर्ना गरे ।
‘हाँले निरंकुश शैलीमा उपकुलपति कोइरालालाई नियन्त्रण लिई क्यानडा जानबाट रोक लगाइयो, त्यसको कारण सरकारले संसदलाई जानकारी गराउनुपर्छ’ उनको माग थियो ।
उपकूलपति कोइराला क्यानडामा आयोजना हुने १७ औं सम्मेलनमा भाग लिन शनिबार ७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
उडानको लागि आवश्यक चेकजाँच भईरहेका बेला प्रहरीले उनलाई विमानस्थलबाट प्रधानमन्त्रीले बोलाएको भन्दै प्रधानमन्त्री निवास बालुवाटार पु¥याएको थियो ।
 काँग्रेस सांसद पाण्डेले सरकारले उहाँलाई धरपक्कडको शैलीमा नियन्त्रणमा लिई क्यानडा जानबाट रोक लगाउनु आपत्तिजनक रहेको बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया