अर्घाखाँचीको शितगंगा ७ रातापाटामा आज दिउँसो बस दुर्घटना हुँदा १७ जना घाईते भएका छन् ।
अमराईबाट शिबाहदह जाँदै गरेको लु २ ख ६६१ नम्बरको बस ठाडा–अमराई–जुकेना–जलुके सडकखण्डको रातापाटामा ब्रेक फेल भएर दुर्घटना भएको हो ।
घाइतेमध्ये गम्भिर अबस्थामा रहेका ५ जनाको प्रादेशिक अस्पताल बुटवलमा र अन्यको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले जानकारी दिए ।
दुर्घटना भएको जानकारी पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाका सहि सालिकराम खनालको नेतृत्वमा गएको प्रहरीको टोली र स्थानीय बासिन्दाले उद्दार गरेका थिए ।
गम्भिर घाइतेहरुमा उमा लामिछाने, हिमराज पौडेल, चुमकला बिक, सीता थारू र सिनपा ६ जुकेना दाङसिङका ४ बर्षिय श्रीधर नेपाली रहेका छन् । उनीहरुलाई थप उपचारका लागि प्रादेशि अस्पताल बुटवल पठाईएको छ ।
ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुनेहरूमा अर्घाखाँची सिनपा १३ का ४ बर्षीय अशोक परियार, सिनपा ६ जुकेनाका ३१ बर्षीय माधवराज भुसाल, सिनपा ७ जुवाकोटका ४६ बर्षीय उमा लामिछाने, सिनपा ५ जुकेनाका ३० बर्षिय हिमराज पौडेल, शिनपा ६ दाङसिङका २० बर्षीयखिमा परियार, शिनपा ४ ओखलढुंगाका ३२ बर्षीय अनिता थापा, शिनपा ५ चाकलढुङगाका २८ बर्षीय दिपकराज पौडेल, शिनपा ७ जुकेनाका ४ बर्षीय बालक सुवास महत र शिनपा ६ खमारीबासका ३२ बर्षीय सुमित्रा भाट क्षेत्री रहेका छन् ।
यसै गरी कपिलवस्तु शिवराज नगरपालिका ४ चनौटाका ६२ बर्षीय रूमकला पौडेल, शिवराज नगरपालिका ३ खैरेनीपुर कपिलवस्तुका ६२ बर्षीय तोयनारायण बन्जाडे, शिवराज ३ कै ३१ बर्षीय हुमलाल पौडेल, ६० बर्षीय चुमकला बिक, चार नम्बर कटुवाटोल कपिलवस्तुका ३० बर्षीय सीता थारू र रूपन्देही बुटवल उपमहानगरपालीकाका ३१ बर्षीय तुलाराम बन्जाडे घाईते भएका छन् ।
४२ जना सवार बसमा गाडिको क्षमता भन्दा बढि यात्रुको भएकाले ब्रेकको पाईप फुटेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बस सडकमै पल्टिदा अमराई जुकेना सडक अवरुद्ध भएको छ । दर्जनौ गाडि बीच बाटोमै अलपत्र हुँदा भोलि भाईटीका लगाउन जाने आउने यात्रुहरूलाई आफ्नो गन्तव्यमा पुग्न निकै समस्या भएको छ ।
प्रतिक्रिया