तिहार बिदामा ग्राहकलाई पैसा आवस्यक पर्ने कुरालाई मध्यनजर गरी आधा दर्जन वाणिज्य बैंकहरुले सेवा दिने भएका छन् ।
सरकारी स्वामित्वको कृषि विकास बैंक लगायत निजी क्षेत्रका एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, मेगा बैंक नेपाल, सिभिल स्ट्याण्डर्ड चाटर्ड, कुमारी बैंक र सिद्धार्थ बैंकले तिहारको बिदामा सेवा दिने भएका हुन् ।
हिँजो कात्तिक १० गते सेवा दिएको कृषि विकास बैंकले आज पनि बिहान १० बजेदेखि २ बजेसम्म बिर्तामोड, विराटनगर, धरान, फिक्कल, दमक, गाइघाट, लहान, राजविराज, शिवकचोक, बदिृबास, मलंगवा, जलेश्वर, वीरगञ्ज, हाकिमचोक, सौरहा, लगनखेल, पुतलीसडक र प्रधान कार्यालय रहेको स्थान रामशाहपथमा समेत सेवा दिएको छ ।
हिँजोदेखि विदाको समयमा समेत सेवा दिएको ग्लोबल आइएमई बैंकले भाइटिकाको दिन समेत कान्तिपथ शाखाबाट सेवा दिने बताएको छ ।
एनएमबि बैंकले काठमाडौंको कान्तिपथ, विराटनगर, पोखरा, फिदिम र बुटवलको शाखामार्फत सेवा दिएको छ ।
स्टाण्डर्ड चार्टड बैंकले हिँजो र आज लाजिम्पाट, लतिपुर, न्यूरोड र बिराटनगर शाखा कार्यालयहरु खुला रखेको छ ।
सिद्धार्थ बैंकले १४ शाखाबाट सेवा दिइरहेको छ । त्यसमध्ये ४ र उपत्यका बाहिरका १० वटा छन् ।
सिभिल बैंकले १३ शाखा र कुमारी बैंकले तिहार विदामा आफ्नो ५ वटा शाखा कार्यालयहरु खुला गरेर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया