हिरासतबाट जुवाडेको माग – पूर्व राज्यमन्त्री बानियालाई पक्राउ गर

६ बर्ष अगाडि

काठमाडौंबाट हिँजो (आइतबार) पक्राउ परेका भीआईपी भीआईपी जुवाडेहरुले पूर्व राज्यमन्त्री इन्द्र बानियालाई पक्राउ गर्न माग गरेका छन् । 
जुवाखालमा २५ लाख हारेका बानिया भागेको भन्दै उनलाई पनि पक्राउ गर्न जुवाडेहरुले माग गरेका हु्न् ।

काठमाडौँको महाराजगञ्जस्थित साम्बला होटल पछाडिको एक निजी घरमा जुवा खालमा प्रहरीको छापा मार्दा २५ जना ‘हाइप्रोफाइल’जुवाडेहरु पक्राउ परेका थिए । 

जुवाडेहरुका अनुसार उनी प्रहरीले छापा मार्नुभन्दा केही मिनेट अगाडी मात्र भागेका थिए । 

मकवानपुर कांग्रेसका सभापति बानियाँ मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश ३ बाट विजयी प्रदेशसभा सदस्य हुन् ।

प्रहरीले छापा मार्ने वित्तिकै बानियाँ पनि पक्राउ परेको समाचार सार्वजनिक भएको थियो । तर उनी भागेको कुरा पछि मात्र खुलेको थियो । 
बानिँयाले भने आफ्नो राजनीतिक चरित्र हत्या गर्न यस्तो भ्रम फैलाइएको जिकिर गरे ।

६ बर्ष अगाडि

प्रतिक्रिया