बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरु इमान्दार र नैतिकवान हुनुपर्छ । इमान्दार र नैतिकवान् मात्र होइन योग्य तथा दक्ष जनशक्तिलाई छनोट गर्नु पर्दछ । बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणहरुको लगानी तथा निक्षेप बढी हुने भएकाले वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वलाई विशेष ध्यान पुर्याउनु पर्दछ । साथै, वित्तीय संस्थाका कर्मचारीमा विश्वसनियता हुनु जरुरी छ ।
बैंकका कर्मचारीमा निम्नलिखित गुण हुन जरुरी छन् ।
समस्या समाधानकर्ता
बैंकका कर्मचारी जो समस्याहरुसँग नडराई त्यसको डटेर सामना गर्न तथा आवश्यक परेको बेला कार्यालय समयभन्दा अन्य समयमा समेत काम गरेर समस्याको उचित सामाधान खोज्न सक्ने हुनुर्पछ । त्यस्तो व्यक्तिलाई बैकिङ्ग क्षेत्रमा काम गर्न बढी प्राथमिकता दिईनु पर्छ ।
छिटो सिक्ने
प्रविधिको क्षेत्रमा विश्वले हरेक पल नयाँ अविष्कारहरु गरि रहँदा त्यसको प्रयोग सबैभन्दा पहिले बैकिङ क्षेत्रमा नै भित्रिने गरेका छन् । साथै भित्रिएका प्रविधिहरु पनि लामो समयसम्म रहिनरहने भएकोले बैंकमा कार्यरत कर्मचारीहरुलाई धेरै कुराहरु निरन्तर रुपमा सिकिरहनु पर्ने हुन्छ । यसको अलावा आफुलाई समयानुकुल परिष्कृत गर्नको लागि पनि केहि न केहि दैनिक रुपमा सिकिरहनु पर्ने हुन्छ । तसर्थ, बैंकमा काम गर्ने कर्मचारीहरु सदैव नयाँनयाँ कुराहरु सिक्नको लागि तत्पर रहनुपर्दछ ।
नेतृत्व
बैंकमा काम गर्ने कर्मचारीहरुमा नेतृत्व गर्ने क्षमता हुन आवश्यक छ । कुनै वैंकमा आउने ग्राहकहरु सामाजमा भएको उच्च तथा शिक्षित वर्गमा पर्ने भएकोले त्यस्तो ग्राहकहरुलाई सफलतापुर्वक सेवा दिएर बैकमा पुनः आउनको लागी अभिप्रेरित गर्नको लागि कर्मचारीमा भएको नेतृत्व गर्ने गुण अति नै महत्वपुर्ण मानिन्छ । तसर्थ, बैंकको कर्मचारीहरुमा यो गुण हुन आवश्यक छ ।
सहकार्यको भावना
बैंकमा गर्नुपर्ने कतिपय कामहरु एक्लै गर्न नसक्ने प्रकृतिको हुन्छ । यस्तो प्रकृतिको काम गर्नको लागि केहि कर्मचारीहरुको टिम बनाई काम गर्नुपर्ने भएकोले टिममा बसेर काम गर्न सक्ने गुण भएको कर्मचारीलाई बैंकले अत्याधिक रुपमा रुचाउने गर्दछ ।
सर्तक तथा जागरुक
बैंक भनेको आर्थिक कारोबार हुने कार्यालय भएकोले बैंकको कर्मचारीहरु सदैव सर्तक भई काम गर्नुपर्ने हुन्छ । अहिलेको समाजमा सवै एकै किसिमको मानिसहरु मात्र नभई उछृङ्खल तथा अराजक मानिसहरु पनि बस्ने गर्दछन् । समाजको अराजक तत्वहरु ग्राहकको रुप धारण गरि बैंकमा आएर विभिन्न प्रकारको गैर कानुनी कामहरु गर्न सक्ने सम्भावना पनि उतिकै भएकोले बैंकको कर्मचारीहरु सर्तक तथा जागरुक हुनु पर्दछ ।
इमान्दारीता
बैंकको कर्मचारीहरु इमान्दार हुनु अति नै आवश्यक हुन्छ । कर्मचारीहरु बैंकको आर्थिक कारोबारहरुमा प्रत्यक्ष रुपमा संलग्न हुनुपर्ने भएकोले यो गुण अति नै मह्त्वपुर्ण गुण मानिन्छ । कर्मचारीहरुले कुनै लोभ लालचमा नपरि काम गर्नुपर्दछ । एक पटक गुमेको विश्वास कहिले पनि फिर्ता नहुने भएकोले कर्मचारीको इमान्दारीताको दैनिक रुपमा नै परिक्षण हुने गर्दछ । त्यसकारण बैंकमा काम गर्ने कर्मचारीहरु इमान्दारी हुनुपर्छ ।
प्रतिक्रिया