आज तिहारको चौथो दिन गाई र गोरुको पूजाआजा गरी मनाइँदैछ । यमपञ्चकका बेला गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।
गाईको दिने दूधमा आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने र गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने कारण गाईलाई सम्मान गरिने गरिएको छ ।
गाई को पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
त्यस्तै वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा–मीठा खानेकुरा खान दिने प्रचलन छ ।
प्रतिक्रिया