आलम प्रकरण- बम पड्किएको ठाउमा जानै नपाई सरुवा

६ बर्ष अगाडि

महम्मद आलम प्रकरणमा  त्यो बेला रौतहट राजपुरमा भएका इन्सपेक्टर ईन्द्र सुबेदीले आफु बम पड्किएको ठाउँमा जानै नपाएको बताएका छन ।

त्यतिबेला सुवेदी सुरक्षा टोलीमा खटिएका थिए ।
आफु आलमको घरनिर बम बिस्फोट भएको सुनेपछि घटनास्थल जादै गर्दा आफूलाई सरुवाको फोन आएको उनले प्रहरीलाई बताएका छन ।

‘उहाँले बयानका क्रममा आफू घटनास्थलसम्म जानै नपाएको भन्नुभयो’, प्रहरी स्रोतले भन्यो, ‘ सरुवाको  फोन आएपछि फर्किएको उहाँले बताउनुभयो।’ 

त्यतिबेला चुनावी वातावरण शान्तिपूर्ण बनाउने, चुनाव बिथोल्ने वा शान्ति सुरक्षामा आँच आउने किसिमका घटना नियन्त्रण गर्ने जिम्मा सुवेदीको टोलीलाई दिएको थियो।

उनीपछि उक्त क्षेत्रमा इन्सपेक्टर राजीव बस्नेत खटिएका थिए। उनलाई पनि सोधपुछका लागि रौतहट प्रहरीले डाकेको छ। देशबाहिर भएका कारण उनको बयान हुन पाएको छैन।

बम विष्फोटमा मारिएका ११ र घाइते २ जनालाई जिउँदै इँट्टाभट्टामा हालेर जलाइएको उक्त घटनाको जाहेरी दिने रूक्सना खातुनलाई पनि गोली हानेर मारेको आरोप आलमलाई लागेको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया