नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृह मन्त्री रामबहादुर थापाका छोराको डीएनए परीक्षण गर्नुपर्ने माग गरेका छन ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसको भातृ संगठन तरुण दलका अध्यक्ष जितजंग बस्नेतले त्यस हत्याकाण्डका तथ्य बाहिर ल्याउन गृह मन्त्री थापाका छोराको डीएनए परीक्षण गर्नुपर्ने माग गर्नु गरेका हुन ।
तरुण दलको ६६औं स्थापना दिवसको अवसर पारेर आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गृह मन्त्री थापाका छोरामाथि लागेको आरोपलाई गलत सावित गरिदिन पनि डीएनए परीक्षण गरौँ भन्ने आफूले आग्रह गरेको पनि बताए ।
‘तपाईँको छोरामाथि बालिका पन्तलाई बलात्कार गरेको आरोप लागेको छ, मलाई गलत सावित गरिदिनुस्, तरुण दललाई गलत सावित गरिदिनुस्, त्यसका लागि डीएनए परीक्षण गरौँ भन्ने मेरो कुरा हो ।’ उनले भने ।
२०७५ साल साउन १० गते बालिका पन्तको बलात्कारपछि हत्या गरिएको अवस्था शव भेटिएको थियो । तर त्यसको तथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन ।
प्रतिक्रिया