सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला तहका कमिटीले उपनिर्वाचनका लागि उमेदवार सिफारिस गर्दैछन् । असोज २९ गते बसेको पार्टी सचिवालयले कात्तिक १० गतेभित्र उमेदवार सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो । मंसिर १४ गते हुने उपनिर्वाचन हुने प्रतिनिधिसभातर्फ भने नेकपाले उमेदवार सर्वसम्मत सिफारिस गरेको छ ।
कास्की–२ को प्रतिनिसभा सदस्यको उपनिर्वाचनका लागि नेकपाले विद्या भट्टराईको नाम सर्वसम्मत सिफारिस गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–४ र सूर्नया गाउँपालिका–१ मा उम्मेदवारको नाम सर्वसम्मत सिफारिस भएको र बाँकी स्थानमा आइतबार ९आज० सिफारिस हुने नेकपाले जानकारी दिएको छ ।
मङ्सिर १४ गते ३७ जिल्लाका विभिन्न रिक्त पदमा उपननिर्वाचन हुँदैछ ।
प्रतिक्रिया