सरकारले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, भाइबरआदी बाट गरिने विज्ञापनको आधिकारिकता खोज्ने भएको छ । यससम्बन्धी ब्यवस्था गर्न बनेको विज्ञापन नियमन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ ।
विधेयकको दफा १२ मा विद्युतीय अनलाइन, सामाजिक सन्जाल, छापा वा सञ्चार माध्यमले विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकताको जानकारी नभई विज्ञापन गर्न नहुने व्यवस्था छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार कुनै पनि सामाजिक सञ्जालमा हुने विज्ञापनको आधिकारिता विज्ञापन बोर्डले खोज्नेछ ।
प्रतिक्रिया