‘माथिको दवाव’मा शैलेन्द्र सिँखडालाई निकालिएको होइन सिस्नुपानी नेपाल

६ बर्ष अगाडि

शैलेन्द्र सिंखडा आफ्नो सँस्थामै नरहेकाले निकालिएको भन्नु गतल रहेको सिस्नुपानी नेपालले बताएको छ।  सिस्नुपानी नेपाल आज एक प्रेस वत्तव्य जारी गर्दै शैलेन्द्र कहिल्यै सिस्नुपानीमा नरहेको र उनलाई सँस्थाले निस्कासन गरेको भन्नु गलत रहेको स्पष्ट पारेको छ । सिस्नुपानीले आफुमाथी कुनै माथीको दवाव नरहेको पनि सो प्रेस वत्तव्यमा बताईएको छ ।

“सिस्नुपानी नेपालले हास्य व्यग्यङ्ग्यात्मक देउसी आयोजना गर्न थालेको २२ वर्ष भयो । सिंखडा २०७३ र २०७४ सालमा जम्मा दुईपटक मात्र हाम्रो देउसीमा सहभागी हुनुभएको हो । हामीले नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने क्रममा प्रज्ञाका तर्फबाट पनि केही कार्यक्रम समावेश गर्ने सहमति भए अनुसार त्यहाँको कर्मचारी भएको हैशियतमा प्रतिष्ठानले नै उहाँलाई प्रज्ञा–सिस्नुपानी देउसीमा सहभागी गराएको हो,” सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेद्वारा जारी वक्तब्यमा भनिएको छ,” प्रज्ञाबाट अवकास भएका कारण गत वर्षदेखि नै उहाँ सिस्नुपानी देउसीमा सहभागी हुनुहुन्न । तर यो वर्ष आएर सिस्नुपानीले देउसीमा सहभागी गराएन भनेर वक्तव्यवाजी गर्नु र काल्पनिक आरोपहरू लगाउनुको कुनै अर्थ छैन । संस्थाले आयोजना गर्ने कार्यक्रममा कसलाई सहभागी गराउने वा नगराउने कुरा संस्थाको अधिकारको कुरा हो ।”

हास्यव्यङ्ग्यका नाममा ठाडो गालीगलौज, अश्लिलता, महिलाहरूप्रति अपमान, जातजाति, धर्म, सम्प्रदायमाथि कटाक्ष गर्ने र समाजमा नकारात्मकता फैलाउने गलत परम्परा विरुद्ध संस्थाले स्थापनाकालदेखि नै काम गर्दै आएको सिस्नुपानी नेपालले जनाएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया