गौ संरक्षण केन्द्रमा सामूहिक गौ पुजन

६ बर्ष अगाडि

श्रीवागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमबाट सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ पुजन एवं भोजनालय तथा वाचनालय भवनको आज उद्घाटन गरिएको छ । 

भरतपुर महानगरपालिका–१ मा रहेको गौ संरक्षण केन्द्रमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रदेशसभा सदस्य रीना गुरुङ्, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, आश्रमका प्रमुख संरक्षक योगी शिरिष नाथ, आश्रमका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, केन्द्रका संयोजक रामप्रसाद वस्ती, पूर्वसंयोजक टङ्कनाथ पौडेललगायतले गौ संरक्षणको महत्वका बारेमा प्रकाश पारेका थिए । सो अवसरमा सभापति पोखरेलले स्थानीय समाजसेवी बालगोपाल चुकेले निर्माण गर्नुभएको सचिवालय र लक्ष्मण अर्यालले निर्माण गर्नुभएको भोजनालयको उद्घाटन गरेका थिए । 

दुवै संरचना रु पाँच÷पाँच लाख खर्च गरेर निर्माण गरिएका हुन् । गौ संरक्षण केन्द्रमा स्थानीय जातका १३६ वटा गाई रहेका छन् । जुरो भएको स्थानीय गाईलाई पूजा गरे साक्षात लक्ष्मीलाई पूजा गरे सरह हुने भएकाले विभिन्न क्षेत्रबाट बिहानैदेखि पूजाआजाका लागि सर्वसाधारण आएको केन्द्रका संरक्षक निरन्जननाथ योगीले बताए । केन्द्रमा गोबद्र्धन पहाडको निर्माण गरिएको छ । सोही स्थानमा गाईको गांैतलाई वाष्फीकरण गरी खान योग्य बनाइएको गौ अर्क लिन देशका विभिन्न स्थानबाट मानिस आउने गर्दछन् । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया