(आरटीजीएस) प्रणाली पुन पुनः सञ्चालनमा आउने

६ बर्ष अगाडि

काठमाडौं – औपचारिक शुरुआतको १ सातामै बन्द हुन पुगेको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली तिहारपछि पुनः सञ्चालनमा आउने भएको छ । 

नेपाल राष्ट्र बैंकले निकै तामझामका साथ भदौ २७ गते शुरू गरेको २ लाख रुपैयाँ र त्यसभन्दा बढीको रकम विनाचेक तुरुन्तै एक खाताबाट अर्को खातामा सार्ने सुविधाको यो प्रणाली पछिल्लो १ महीनादेखि अवरुद्ध छ। 

आरटीजीएस सफ्टवेयर अन्तरराष्ट्रिय स्तरको भए पनि केही समस्या देखिएकाले रोक्नुपरेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंक अन्तर्गतको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार सफ्टवेयर अद्यावधिक गर्नुपर्ने भएकाले आरटीजीएस सञ्चालन केही समयका लागि रोकिएको हो । 
आर्थिक अभियानबाट
 

६ बर्ष अगाडि

प्रतिक्रिया