जुवा खेल्दै गरेका पूर्वराज्यमन्त्री सहित २५ पक्राउ

६ बर्ष अगाडि

जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले पूर्वराज्यमन्त्री सहित २५ जनालाई पक्राउ गरेको छ । 

महाराजगञ्जस्थित होटल साम्लाको पछाडी रहेको बिक्रम पौडेलको घरमा छापा मार्दा नगद र चेक गरी साढे ५ करोड बढी रकम सहित उनीहरुलाई पक्राउ गरीएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

उक्त स्थानबाट २ करोड ६७ लाख नगद र ३ करोडको चेक बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया