फरार भ्रष्टाचारी पक्राउ

६ बर्ष अगाडि

भ्रष्टाचार मुद्दाका फरार अभियुक्तलाई सप्तरी प्रहरीले शनिबार पक्राउ गरेको छ ।

सप्तरीको राजविराज नगरपालिका– २ बस्ने ६९ वर्षीय अशोक झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाँईले बताए । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ निजकै घरबाट झालाई नियन्त्रणमा लिएको हो ।

भ्रष्टाचार मुद्दामा झालाई विसं २०६६ जेठ १६ गते एक वर्ष छ महीना कैद सजायको फैसला भएको र उनी फरारको सूचीमा रहेकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रसाईंले बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया