महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले लैंगिक हिंसा गर्ने अपराधी जोेसुकै भएपनि सरकारले नछोडने बताएकी छन् ।
शनिबार लैंगिक हिंसा नियन्त्रण समन्वय सञ्जाल तारकेश्वर नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री थापाले नागरिकको हक अधिकारको रक्षार्थ अपराधी ठूलो सानो जस्तो सुकै भएपनि कारबाहीको दायरामा ल्याउने बताइन् ।
इतिहासमै पहिलो पटक सरकारले ‘लैगिंक हिंसा विरुद्धको अभियान बर्ष’ मनाउने घोषणा गरेको बताउँदै मन्त्री थापाले त्यसैअनुरुप मन्त्रालयले लैगिक हिंसा न्युनीकरणका लागि देशभर नै स्थानिय तह र प्रदेशका जनप्रतिनिधिहरु संग कार्यक्रम संचालन गर्ने बताइन् ।
मन्त्री थापाले महिलाले गरेका राम्रा कामहरुको बारेमा पनि विश्वास गर्न सक्ने वातावरण अझै बन्न नसकेको बताइन् ।
लैंगिक हिंसा न्यूनिकरणमा सञ्जालले गरेका कामहरुको बिषयमा तयार गरिएको स्मारिकाको बिमोचन गर्दे नेपाली काँग्रेसका सांसद भिमसेनदास प्रधानले पछिल्लो समय सरकारले अपराधीहरुलाई बचाउ नगरेकोमा धन्यावाद व्यक्त गरे ।
उनले सरकार संग जुनसुकै व्यक्ती भएपनि निष्पक्ष छानविन गरी कारबाही गर्न माग गरे ।
प्रदेश सांसद योगेन्द्र संग्रौलाले समाजमा विभिन्न खालका अपराध हुने बताए । उनले समाजमा हुने अपराधका विभिन्न रुपहरु भएपनि महिला र बालबालिकामा भइरहेका अपराध बाहिर आउनु आवश्यक भएको बताए ।
प्रतिक्रिया