स्ट्यान्डर्ड चार्टर्ड १६ वर्षे जागिर छाडेर नबिल बैंकको  'डीजीएम'

६ बर्ष अगाडि

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा १६ वर्ष काम गरेका आदर्श बजगाईँ नबि बैंकको नायव महाप्रबन्धक (डीजीएम) नियुक्त भएका छन् । 

चार्टर्डको ‘कोर ब्यवस्थापन’ समूहमा रहेका उनले शुक्रबारदेखि नबिल बैंकमा डीजीएमको जिम्मेवारी सम्हालेका हुन् । 

चार्टर्डबाटै करियर सुरु गरेका बजगाइँले चार्टर्डमा १६ बर्षभन्दा बढि काम गरेपछि  पहिलो संयुक्त विदेशी लगानी भएको बैंक नबिलमा आबद्ध भएका हुन्।

उनले चार्टर्डमा ‘इन्ट्री लेभल’ बाट करियर सुरु गरेका थिए। त्यहाँ उनले ऋण प्रवाह, जोखिम ब्यवस्थापन, वित्त ब्यवस्थापनलगायतका विभागमा बसेर काम गरेका थिए।

उनले चार्टर्डको सिंगापुर, मलेसिया, थाइल्यान्डमा ‘ट्रेनी’ का रुपमा काम गरेका थिए। नबिलमा उनले अन्तर्राष्ट्रिय ब्यापार, ट्रेजरीलगायतका काम हेर्ने छन्। 

६ बर्ष अगाडि

प्रतिक्रिया