नेपालमा खाना पाकाउने एलपी ग्याँस पनि पाइपलाइनबाटै ल्याइने भएको छ ।
भारतको मोतिहारी देखि चितवनसम्म पाइपलाइन निर्माण गरी ग्यास ल्याउने तयारी सरकारले गरेको हो ।
बिहारको मोतिहारी हुँदै चितवनको लोथरसम्म कूल १३१ किलोमिटर ग्यास पाइपलाइन निर्माण गर्ने योजना रहेकोछ ।
मोतिहारी–चितवन ग्यास पाइपलाइन नामाकरण गरिएको यस परियोजनामा करीब रु १५ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ ।
पाइपलाइन निर्माणका लागि रु ११ अर्ब १९ करोड र ग्यास भण्डारणका लागि ट्याङ्की निर्माणमा रु तीन अर्ब ८१ करोड लाग्ने निगमले अनुमान छ ।
भारतीय सीमा रक्सौलदेखि चितवनसम्म ९८ किलोमिटर लामो पाइपलाइन निर्माण हुनेछ । पाइपबाट आएको ग्यास भण्डारण गर्न २० हजार मेट्रिक टनको ट्याङ्की निर्माण हुनेछ ।
दुवै परियोजनाको सम्भाव्यता अध्ययन नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनले संयुक्तरूपमा गरी विस्तृत प्रतिवेदन प्राप्त भएपछि मात्र कूल लागत तथा समय निर्धारण गरिने निगमले जनाएको छ ।
प्रतिक्रिया